समानुपातिक सांसद चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

समानुपातिक सांसद चयन गर्न जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।

बैठक दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनका अनुसार मधेश प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुनेछ।

विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको बस्नेतले बताए।

साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि तीन महिने अभियानबारे समेत समीक्षा हुनेछ।

कात्तिक १३, २०८० सोमबार ०७:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।