नेपाल र सिंगापुरबीचको खेलको टिकट मूल्य १० हजार, के-के पाइन्छ सुविधा?
काठमाडौं : टी-ट्वेन्टी विश्वकप एसिया छनोट आजबाट सुरू हुँदैछ। खेल बिहान ९ बजे सुरू हुनेछ।
प्रतियोगिताको दाबेदारका रूपमा रहेको नेपालले पहिलो खेलमा आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ। खेल टीयू क्रिकेट मैदानमा हुनेछ।
यसैबीच नेपाल र सिंगापुरबीचकाे खेलको टिकट दुई किसिमकाे छ। एउटा सामान्य र अर्को भीभीआईपी।
सामान्य टिकटकाे मूल्य दुई सय रूपैयाँ कायम गरिएकाे छ भने भीभीआईपी टिकटकाे मूल्य १० हजार रूपैयाँ ताेकिएको छ।
आईएमई पे एपमा भीभीआईपी टिकटकाे मूल्य १० हजार रूपैयाँ तोकिएको हो। यसमा लन्च एवं ‘ग्रिट एण्ड मिट’को व्यवस्था समेत गरिएको छ।
१० हजार रूपैयाँको टिकट काटेर जानेहरूलाई क्यानले नै खानकाे व्यवस्था गर्नेछ भने पारस खड्का लगायत खेलाडीहरूसँग भेटकाे बस्दाेबस्त समेत मिलाउने छ।
यो टिकट लिएर त्रिवि क्रिकेट मैदानभित्र छिर्ने दर्शकले दोस्रो खेलसमेत हेर्न पाउनेछन्।
त्रिवि क्रिकेट मैदानमा आज दोस्रो खेल ओमान र मलेसियाबीच हुँदैछ। खेल दिउँसो १ बजेर १५ मिनेटदेखि सुरू गर्ने तालिका छ।
कात्तिक १३, २०८० सोमबार ०७:२८:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।