आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : अहिले बिहान देशको पहाडी भू-भागमा आंशिक बदली छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । 

पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ।

वर्षा, चट्याङ र हिमपातको जोखिमबाट हुनसक्ने क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।

कात्तिक १३, २०८० सोमबार ०७:१६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।