ई-सेवाको कर्मचारी बनेर १५ लाख ठगी, पाँच जना पक्राउ

ई-सेवाको कर्मचारी बनेर १५ लाख ठगी, पाँच जना पक्राउ

काठमाडौँ : ईसेवाको कर्मचारी हुँ भन्दै १८ जनाबाट १५ लाख २० हजार रुपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्। उनीहरू रौतहटका विभिन्न स्थानबाट पक्राउ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार नवनित कुमार कुशवाहा, कन्हैया कुमार कुशवाहा, अभय कुमार यादव, रितेश कुशवाहा र दीपेन्द्र कुमार यादव पक्राउ परेका हुन्।

उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट फोन गरेर ‘म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईँको ई सेवा आइडी बैङ्क खातासँग लिंकअप तथा खाता नवीकरण, केवाइसी फर्म अपडेट’ लगायतमा सहयोग गर्ने र ५० प्रतिशत क्यासब्याक हुने प्रलोभनमा पारेर ठगी गरेको प्रहरीको दाबी छ।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको कार्यालयले जानकारी दिएको छ।

 

 

 

 

कात्तिक १२, २०८० आइतबार १९:१२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।