भ्रामक सामाग्री प्रकाशित गरेको सानीमा बैङ्कको दाबी, कानुनी कारबाहीमा जाने चेतावनी

भ्रामक सामाग्री प्रकाशित गरेको सानीमा बैङ्कको दाबी, कानुनी कारबाहीमा जाने चेतावनी

काठमाडौँ : सानिमा बैङ्कले बैङ्कका अध्यक्षको फोटो राखेर बैङ्कबाट प्रवाह भएको कर्जाका बारेमा भ्रामक सूचना फैलाएको दाबी गरेको छ। आइतबार जारी विज्ञप्तिमा कर्जाबारे अनर्गल, गलत तथा तथ्यहीन सामाग्री प्रकाशित भएको भन्दै बैङ्कले कानुनी कारबाहीमा जाने चेतावनी दिएको हो।

बैङ्कले नियामक निकायबाट जारी निर्देशनको पालना गर्दै आएको र संस्थागत सुशासन कायम गरी पारदर्शिताका साथ बैङ्किङ व्यवसाय गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १२, २०८० आइतबार १९:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।