सङ्क्रमणकालीन न्याय प्रक्रियामा सघाउन राष्ट्रसंघका महासचिवको तीन सर्त

सङ्क्रमणकालीन न्याय प्रक्रियामा सघाउन राष्ट्रसंघका महासचिवको तीन सर्त

काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रियामा सघाउन तीन सर्त राखेका छन्। नेपाल भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि उनले ती सर्त सार्वजनिक गरेका हुन्।

भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडित मैत्री भएमा आफूहरू सघाउन तयार रहेको बताएका हुन्।

उनले नेपालमा जारी शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय अन्तिम चरणमा पुगेको बताएका थिए। उनले सङ्क्रमणकालीन न्यायले पीडित, उनीहरूको परिवार र समुदायमा शान्ति ल्याउनु पर्नेमा जोड दिएका थिए।

कात्तिक १२, २०८० आइतबार १६:०६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।