शान्ति समाजका अध्यक्ष बरालसहित दर्जनबढि अधिकारकर्मी  बानेश्वरबाट पक्राउ

शान्ति समाजका अध्यक्ष बरालसहित दर्जनबढि अधिकारकर्मी  बानेश्वरबाट पक्राउ

काठमाडौं :  जनयुद्ध दिवसका नाममा बिदा दिने सरकारको निर्णयको खारेजी लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका शान्ति समाजका मानव अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको छ।

समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष उत्तम पुडासैनी, वर्तमान केन्द्रीय अध्यक्ष रामकृष्ण बरालसहित करिब एक दर्जन बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप पिडितलाई न्याय दिनुपर्ने लगायत माग राख्दै प्रदर्श उत्रिएका उनीहरुलाई संघीय संसद भवनको पश्चिम गेटबाट पक्राउ गरिएको हो।  थप विवरण आउन बाँकी छ।

 गत वर्ष माग २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का रुपमा बिदा दिने निर्णय गरेको हो।

कात्तिक १२, २०८० आइतबार १३:५१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।