कोशीमा गाडी दुर्घटनामा परी दशैं अवधिमा १६ जनाको मृत्यु, २ सय ६५ घाइते
विराटनगर : दशैंको अवधिमा कोशी प्रदेशमा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी दुर्घटनामा परेका थिए।
उक्त दुर्घटनामा १६ जनाको मृत्यु भएको हो। दुर्घटनामा परी अन्य २६५ जना घाइते भएका छन्, जसमध्ये ४१ जनाको अवस्था चिन्ताजनक छ।
प्रहरीले दशैंमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरेको थियो। कारवाहीबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ।
कात्तिक १२, २०८० आइतबार १३:२७:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।