मोबाइलको विषयमा विवाद हुँदा बाँसको भाटाले हानेर साथीको हत्या

मोबाइलको विषयमा विवाद हुँदा बाँसको भाटाले हानेर साथीको हत्या

जनकपुर : जनकपुरको धानबारीमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवन र मोबाइलको सामान्य विवादको कारण भएको प्रहरी अनुसन्धानमा खुलेको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ बस्ने २४ वर्षीय रुपेश महराको साथीबाटै हत्या भएको खुलेको प्रहरीको दाबी छ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डललाई प्रहरीले सार्वजनिक गरेको छ। ​​​​​

उनीहरुमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

तीनैजनाले सँगै बसेर लागूऔषध सेवन गरेको र त्यसपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको

भाटा प्रहार गरि रुपेशको हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए।

बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

कात्तिक १२, २०८० आइतबार ११:४०:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।