कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा ३५ जनाको मृत्यु, ५३ घाइते

कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा ३५ जनाको मृत्यु, ५३ घाइते

एजेन्सी : दक्षिण इजिप्टको बेहेरा प्रान्तको मरुभूमि क्षेत्रको सडकमा एउटा कारबाट तेल चुहिएपछि भएको दुर्घटनामा परि कम्तीमा ३५ जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य ५३ जना घाइते भएका इजिप्टको सरकारी पत्रिका अहरामले जनाएको छ।

बेहेरा नजिकै कायरो–अलेक्जेन्ड्रिया सडकमा गुडिरहेको कारबाट तेल चुहिएर अरु गाडीमा पनि आगलागी भएका कारण दुर्घटना भएको सुरक्षा अनुसन्धानले देखाएको छ।

घटनाको आपराधिक अनुसन्धान गर्न इजिप्ट सरकारले आदेश दिइएको छ।

तीव्र गति, सडकको कमजोर मर्मतसम्भार र ट्राफिक कानुनको फितलो कार्यान्वयनका कारण इजिप्टमा हरेक वर्ष हजारौँको सङ्ख्यामा सडक दुर्घटना हुने गरेका छन्।

कात्तिक १२, २०८० आइतबार ११:५९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।