बाराको सिमरामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

बाराको सिमरामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

बारा : बारामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। अन्य ११ जना घाइते भएका छन्। 

भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो। 

दुर्घटनामा मृत्यु हुनेको नाम ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ। 

घाइतेहरूको भने हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनाको कारण खुलिनसकेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जनाएका छन्।

कात्तिक १२, २०८० आइतबार ०८:२९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।