गाजामा दोस्रो चरणको युद्ध शुरु भएको इजरायलको घोषणा
एजेन्सी : इजरायलले गाजा क्षेत्रमा भइरहेको आक्रमणलाई तिव्र राखेको छ।
स्थलगत माध्यमबाट गाजा क्षेत्र पुगेर प्यालेस्टाइनी समूह हमासको सुरुङमा आक्रमण शुरु गरेसँगै आक्रमणलाई थप तीव्र बनाएको हो।
त्यहाँ इन्टरनेट र फोन सेवा बन्द भएपछि गाजाका मानिसहरूको बाँकी विश्वसँगको सम्पर्क टुटेको छ।
सेनाले आक्रमण बढाएसँगै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्ध दोस्रो चरणको युद्ध शुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ।
सञ्चार सम्पर्क हुन नसकेका कारण गाजाको यथार्थ अवस्थाबारे जानकारी आउन सकेको छैन। तर उत्तरी भागमा लगातार आक्रमण भइरहेका भिडिओहरू सार्वजनिक भएका छन्।
अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलले गाजामा प्रति आक्रमण गरिरहेको छ। अहिलेसम्म दुवैतर्फ गरी नौ हजारभन्दा धेरै मानिस मारिएका छन्।
कात्तिक १२, २०८० आइतबार ०८:१२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।