मौसम विभागले भन्यो- हल्का वर्षा र हिमपातको सम्भावना छ

मौसम विभागले भन्यो- हल्का वर्षा र हिमपातको सम्भावना छ

काठमाडौं : हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशभर चिसो क्रमशः बढ्दो क्रममा छ।

आइतबार बिहान राजधानी काठमाडौंको तापक्रम १० देखि १२ डिग्रीबीच रहेको थियो।

चिसो बढेपनि हाल मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।

कात्तिक १२, २०८० आइतबार ०७:३२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।