सार्कका १५औँ महासचिव सरवरले सम्हाले कार्यभार

सार्कका १५औँ महासचिव सरवरले सम्हाले कार्यभार

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन्।

सार्क मन्त्रिपरिषद्ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै उनले गत मंगलबारदेखि कार्यभार सम्हालेको सार्क सचिवालयले शनिबार जानकारी दिएको हो। 

बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी बनेका सरवर सार्कको १५औँ महासचिव हुन्।

सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेको महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन्। 

उनले क्वालालम्पुर, काठमाडौँ, याङ्गुन र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन्।

कात्तिक ११, २०८० शनिबार १८:०७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।