राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको छुँ : शेरबहादुर देउवा

राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मक रुपमा लिएको छुँ : शेरबहादुर देउवा
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी भएको नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन्।

शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजितमा चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई आफूले सकारात्मक लिएको बताएका हुन्। 

उनले भने, ‘दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु।’

दलहरुले जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने भन्दै उनले राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे। 

चियापान कार्यक्रममा सभामुख देवराज घिमिरे, पूर्वसभामुखद्वय दमननाथ ढुङ्गाना र अग्निप्रसाद सापकोटा, एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्ड, नेपालका लागि चिनियाँ राजदूत चेन सङलगायत सहभागिता थियो।

कात्तिक ११, २०८० शनिबार १७:२७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।