सार्वजनिक बिदाको दिन अनुमति बिना चलाइएको सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा

सार्वजनिक बिदाको दिन अनुमति बिना चलाइएको सरकारी मोटरसाइकल प्रहरीको नियन्त्रणमा

धनगढीः : कैलालीको अत्तरियाबाट सार्वजनिक विदाको दिन अनुममति बिना चलाइएको सरकारी मोटरसाइकललाई स्थानीय युवाले नियन्त्रणमा लिएका छन्।

सहरी विकास तथा भवन निर्माण कार्यालयका सव-इन्जिनियर उपेन्द्र महतराले शनिबार बिदाको दिन अनुमति बिना चलाएको मोटरसाइकल स्थानीय युवा भुवन भट्टले नियन्त्रणमा लिएको जानकारी दिएका छन्। 

सु.प.प्र. ०१००१ ब २०८६ नम्बरको सो मोटरसाइकल भुवन भट्टले नियन्त्रणमा लिई सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियालाई जानकारी गराएको थियो। 

पछि प्रहरीले चेकजाँच गर्दा सो मोटरसाइकल अनुमति बिना बिदाको दिन चलाएको फेला पारेपछि नियन्त्रणमा लिएको थियो।

उक्त मोटरसाइकल अहिले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा राखिएको छ। 

कात्तिक ११, २०८० शनिबार १६:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।