राष्ट्रसंघका महासचिव गुटेरेस फर्केपछि कतारका राजा शेख तमिम नेपाल भ्रमणमा आउने

राष्ट्रसंघका महासचिव गुटेरेस फर्केपछि कतारका राजा शेख तमिम नेपाल भ्रमणमा आउने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण सकिएपछि कतारका राजा शेख तमिम बिन हमद अल थानी नेपाल भ्रमणमा आउने बताएका छन्।

शनिबार नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रम आदान प्रदान कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वको सरकारको कुटनीतिक सफलताका कारण ठूला अन्तर्राष्ट्रिय भ्रमणहरु भइरहेको बताए। 

महासचिव गुटेरेस चार दिने नेपाल भ्रमणका लागि आज मध्यराति नेपाल आउँदैछन्। ‘उहाँ फर्केपछि कतारको राजा पनि आउँदै हुनुहुन्छ, यो सबै हाम्रो कुटनीतिक सफलताको परिणाम हो भनेर बुझ्नुपर्ने हुन्छ’, उनले भने।

संयुक्त राष्ट्रसंघको महासभा र अति कम विकसित मुलुकको सम्मेलनमा आफूले गरेको सम्बोधन र पहलका कारण संयुक्त राष्ट्रसंघका महासचिव नेपाल आउन लागेका उनले बताए।

कात्तिक ११, २०८० शनिबार १६:२८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।