गाजा क्षेत्रमा अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको इजरायलको दाबी

गाजा क्षेत्रमा अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेको इजरायलको दाबी

एजेन्सी : इजरायल-हमासबीचको युद्ध अझै जारी छ। इजरायलले गाँजा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको दाबी गरेको छ।

इजरायली रक्षा बलहरूले गाजा क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो हवाई हमला भएको जनाएको हो।

एकैचोटी सय वटा बिमानहरुले गाँजाका १५० भन्दा बढी भूमिगत सुरुङमा लक्षित गर्दै आक्रमण गरेको हो।

इजरायलले भूमिगत आतंकवादी पूर्वाधारमा समेत आक्रमण गरेका छन्।

आक्रमणका क्रममा गाजाका प्यालेस्टिनी बासिन्दाहरूले गाजापट्टीका तीन स्थानहरूमा रातभर इजरायली सेना र हमासबीच झडप भएको समेत बताएको छ।

आक्रमणका कारण हिजो साँझदेखि गाजामा इन्टरनेट र मोबाइल सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्।

गाजामा हमास र इजरायलको युद्ध चर्कंदै जाँदा यसको असर लेबनानमा पनि देखिएको छ।

लेबनानी अधिकारीहरूले आज बेरुत अन्तर्राष्ट्रिय विमानस्थल र यसका वरपरका आपतकालिन सेवामा रहेका सबै पूर्बाधारहरु तत्काल खाली गर्न निर्देशन दिएको छ।

कात्तिक ११, २०८० शनिबार १६:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।