विश्वकप क्रिकेट : अस्ट्रेलियाद्धारा न्युजिल्याण्डसामु ३ सय ८९ रनको विशाल लक्ष्य प्रस्तुत
काठमाडौं : भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा पाँच पटकको विजेता अस्ट्रेलियाले शानदार ब्याटिङको नमुना प्रस्तुत गर्दै न्युजिल्याण्डसामु जितका लागि ३ सय ८९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ३ सय ८८ रन बनायो।
उसका लागि ट्राभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरे। वार्नरले ८५ रनको योगदान दिए। ट्राभिस हेडले ५९ बलमा आफ्नो शतक पुरा गर्दै १०९ रन बनाए।
यो विश्वकपमा यो तेस्रो चाँडो शतक हो। यसअघि ग्लेन म्यक्सवेलले ४० तथा ऐडन मारक्रमले ४९ बलमा शतक बनाएका थिए।
यस्तै, मिचेल मार्सले ३६, तथा स्टीभन स्मिथ र मार्नस लाबुस्चेनले समान १८१८ रन बनाए।
न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए।
कात्तिक ११, २०८० शनिबार १४:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।