मुगु सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित घटनास्थल पुग्यो अनुसन्धान टोली

मुगु सामूहिक हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित घटनास्थल पुग्यो अनुसन्धान टोली
फाइल फोटो

काठमाडौं : मुगुमा भएको एकै परिवारका चार जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुगेको छ।

प्रहरी तालिम केन्द्र नेपालगन्ज बाँकेबाट अपराध अनुसन्धानमा खटिने कुकुरसहितको प्रहरी टोली शनिबार बिहान घटनास्थल पुगेको बताइएको छ।

प्रहरीको फरेन्सिक टोली मुगु पुगेपछि आजदेखि अनुसन्धान गर्ने र हत्या गरिएका एकै परिवारका चार जनाको शव उठाउने तयारी गरिएको छ।

घटनामा संलग्न भएको आशंकामा शुक्रबारदेखि घटनास्थललाई सुरक्षित राखेर केही व्यक्तिलाई निगरानीमा राखिएको प्रहरीले जनाएको छ। 

जिल्लाको छायानाथरारा नगरपालिका-६ मन्दुका २६ वर्षीया श्रीदेवि बोहरा, उनका ११ वर्षिय छोरा मनोज, एक वर्षीय छोरा रहर र सात वर्षीया छोरी अप्सराको धारिलो हतियार प्रहार गरि सामूहिक हत्या गरिएको हो।

धारिलो हतियार र ढुंगा प्रहार गरी हत्या आमा र तीन छोराछोरीको हत्या भएको आशंका प्रहरीले गरेको छ।

कात्तिक ११, २०८० शनिबार १४:३१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।