बुटवलमा सडकआश्रित तीन जनाको उद्धार

बुटवलमा सडकआश्रित तीन जनाको उद्धार

बुटवल : मानव सेवा आश्रमले बुटवलबाट तीन जना सडकआश्रित मानवको उद्धार गरेको छ।

बुटवलको बसपार्कमा बेसहारा भई बसेका एक पुरुष, एक महिला र बालिकालाई उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए।

मानव सेवा आश्रम र आनी छोयिङ डोल्मा फाउण्डेशनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ शनिबार विहान बुटवल आइपुगेको हो।

अभियन्ताहरूलाई स्वागत गर्दै बुटवल उमपहानगरका प्रमुख खेलराज पाण्डे, समाजसेवी तथा मानव सेवा आश्रमका सदस्य गोपाल रानाले अभियान सफलताको शुभकामना व्यक्त गरे।

‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस सडकमा’ भन्ने नारासहित पूर्व मेची पूलबाट सुरू भएको अभियान अन्तर्गत बुटवल आइपुग्दा १२२ जनाको उद्धार भइसकेको छ।

बुटवलबाट उद्धार गरिएका तीन जनाको व्यवस्थापनको सम्पूर्ण दायित्व बुटवल उपमहानगरपालिकाले गर्ने प्रमुख पाण्डेले बताए।

कात्तिक ११, २०८० शनिबार १३:१०:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।