भष्मे डन टिमको दाबी : फिल्म अन्तराष्ट्रिय ब्लकबस्टर 🤣
काठमाडौं : ‘पशुपतिप्रसाद : २ भष्मे डन’को टिमले फिल्म राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय बल्कबस्टर भएको दाबी गरेको छ।
फिल्म दोस्रो हप्तामा प्रवेश गरेको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले यस्तो दाबी गरेको हो।
गत शनिबार रिलिज भएको फिल्म शनिबारबाट दोस्रो हप्तामा प्रवेश गरेको हो। शुक्रवार नयाँ फिल्म रिलिज भएन। भष्मे डन अगाडि परदेशी-२ रिलिज भएको थियो।
'भष्मे डन'पछि कात्तिक २४ मा मात्र नयाँ फिल्म रिलिज हुँदैछ। यसको ब्यापारिक लाभ 'भष्मेे डन' र परदेशी-२ टिमले पाउने छ।
पशुपतिप्रसाद रुचाएका दर्शकले भष्मे डनप्रति सकारात्मक भन्दा नकारात्मक प्रतिक्रिया दिइरहेका छन्। जवर्जस्ती सस्पेन्स बनाउन पात्रको भिड लगाएर कथा अलपत्र छाडिएको छ।
तर आर्थिक रूपमा निर्माण टिम नाफामा जाने पक्कापक्की देखिन्छ। तर, अन्तर्राष्ट्रिय ब्लकबस्टरको दाबी फिल्म उत्कृष्ट भएको दाबी जस्तै हास्याँस्पद देखिन्छ।
निर्माण टिमले इन्टरनेशनल ब्लकबस्टरको दाबीको आधार सार्वजनिक गरेका छैनन्। नयाँ पोस्टरमा भने इन्टरनेशनल्ली ब्लकबस्टर लेख्दै नेशनल ब्ल्फ हानेका छन्।
कात्तिक ११, २०८० शनिबार १२:०९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।