जसपाले बोलायो कार्यकारिणी समिति बैठक, समानुपातिक सांसद चयनबारे छलफल हुने

जसपाले बोलायो कार्यकारिणी समिति बैठक, समानुपातिक सांसद चयनबारे छलफल हुने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

कात्तिक १३ गते सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक बोलाइएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

बैठकले मधेश प्रदेशसभाका समानुपातिक सांसद विन्दुकुमारी यादवको निधनपछि रिक्त रहेको उक्त स्थानमा उम्मेदवार छनोट गर्नेबारे छलफल गर्ने बस्नेतले जानकारी दिए।

यादवको गत भदौमा निधन भएको थियो।

साथै बैठकमा पार्टीको संगठन विस्तार एवं सुदृढीकरण अभियानबारे समीक्षा गरिने बताइएको छ।

कात्तिक ११, २०८० शनिबार १२:००:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।