माओवादीको बैशाखी टेकेर गठबन्धन गरे कांग्रेसको भविष्य समाप्त हुन्छ : महासचिव पोखरेल

माओवादीको बैशाखी टेकेर गठबन्धन गरे कांग्रेसको भविष्य समाप्त हुन्छ : महासचिव पोखरेल

दाङ : एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनबाट कांग्रेस समयमै नबाहिरिए कांग्रेसको भविष्य समाप्त हुने टिप्पणी गरेका छन्।

उनले माओवादीको बैशाखीबाट निक्लेर एक्लै उभिन कांग्रेसले प्रयास गर्नुपर्ने पनि बताए।

प्रेस चौतारी दाङले तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट तत्काल बाहिरिएर एक्लै बलियो बन्ने आँट गर्नुपर्नेमा जोड दिए।

सत्ता गठबन्धन तस्करको इशारामा चलेको र माफियाको संरक्षण गरेको उनको आरोप छ।

सरकारले गैरकानूनी अर्थतन्त्रलाई प्रोत्साहन गरेर मुलुकलाई आर्थिक संकटमा धकेलेको उनले जिकिर गरे।

दलालले चलाएको सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्ने उनले ठाेकुवा गरे।

कात्तिक ११, २०८० शनिबार ११:१२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।