अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने एक जना पक्राउ

अख्तियारको कर्मचारी भन्दै ठगी गर्ने एक जना पक्राउ
सांकेतिक तस्बिर

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको छ।

आफू आयोगको कर्मचारी भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सुविधा लिँदै आएको पाइएपछि चितवनको भरतपुर महानगरपालिका-१२ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका-२० बस्ने ३७ वर्षीय मोहन कोइरालालालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताए। 

‘निगरानी गर्ने क्रममा कोइरालाले सरकारी कार्यालय र संघसंस्थासँग रकम असुली गर्ने गरेको पाइयो। कर्मचारीको गल्ति औंल्याउदै पैसा असुल्ने गरेको पाइएपछि पक्राउ गरिएको हो,’ डाँगीले भने। 

सोधपुछ गर्दा कोइरालाले आयोग तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीलाई गालीगलौज गर्नुका साथै कामकारबाहीमा समेत अवरोध गरेको हुँदा उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कात्तिक १०, २०८० शुक्रबार २१:२२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।