शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा सेनाका लेस नायकको मृत्यु*

शौचालय जाने क्रममा चिप्लिएर खोलामा खस्दा सेनाका लेस नायकको मृत्यु*

दाङ : शौचालय जाने क्रममा चिप्लिएर अर्जुन खोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ।

दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भइ हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षका शीतल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए। 

लमजुङ मध्यनेपाल नगरपालिका-९ निवासी थापा दिउसो साढे १२ बजे शौचालय जाने क्रममा करिब दुई सय मिटर तल अर्जुन खोलामा खसेको थापा मगरले बताए। 

सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ। 

घटनाको सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

*मृतक शितल थापाको तस्बिरको सट्टा असावधानीवश पत्रकार दशरथ घिमिरेको तस्बिर प्रकाशित भएकोमा क्षमा माग्दछौँ। तस्विर प्रकाशित गर्न संलग्न कर्मचारीलाई सचेत गराइएको जानकारीसहित हाम्रो असावधानीले घिमिरेलाई परेको चोटमा गहिरो दु:खका साथ माफी माग्दछु।

-केपी ढुंगाना, प्रधान सम्पादक

कात्तिक १०, २०८० शुक्रबार १९:१०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।