विश्वकप क्रिकेट : पाकिस्तानद्वारा दक्षिण अफ्रिकासामु २ सय ७१ रनको लक्ष्य प्रस्तुत

विश्वकप क्रिकेट : पाकिस्तानद्वारा दक्षिण अफ्रिकासामु २ सय ७१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ‘गर या मर’ को अवस्थामा रहेको पाकिस्तानले उत्कृष्ट लयमा रहेको दक्षिण अफ्रिकासामु जितका लागि २ सय ७१ रनको लक्ष्य दिएको छ।

चेन्नईको एमए चिदम्बरमा क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनायो।

उसका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पारी खेले। कप्तान बाबरले ५० रन बनाए। सकिलले ५२ बलमा ५२ रन बनाए। 

त्यस्तै शादाब खानले ४३, मोहम्मद रिजवानले ३१ तथा मोहम्मद नवाजले २४ रन बनाए। 

दक्षिण अफ्रिकाका लागि शाम्सीले ४ विकेट लिए भने मार्को यानसेनले ३ तथा जेराल्ड कोटजीले २ विकेट झारे। 

कात्तिक १०, २०८० शुक्रबार १८:३९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।