परराष्ट्रमन्त्री साउद कार्तिक १२ गते अमेरिका भ्रमणमा जाँदै, विदेशमन्त्री ब्लिंकनसँग द्विपक्षीय वार्ता हुने

परराष्ट्रमन्त्री साउद कार्तिक १२ गते अमेरिका भ्रमणमा जाँदै, विदेशमन्त्री ब्लिंकनसँग द्विपक्षीय वार्ता हुने
फाइल फोटो

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद आउँदो कार्तिक १२ गते अमेरिका भ्रमणमा जाने भएका छन्।

मन्त्री साउदको सचिवालयले भ्रमणको औपचारिक घोषणा गर्दै उनी कार्तिक १२ गते अमेरिका भ्रमणमा जाने जानकारी दिएको हाे। 

सचिवालयका अनुसार आइतबार संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनि गुटेरेस नेपाल भ्रमणमा आउने र गुटेरेससँग भेटवार्ता गरेपछि सोही दिन उनी अमेरिकाका लागि उड्नेछन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले अमेरिकी समकक्षी एन्टोनी जे. ब्लिंकेनसँग वासिङटन डीसीमा भेटवार्ता गर्ने गर्ने बताइएको छ।

त्यसपछि संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका अन्य उच्चस्तरीय अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन्।

परराष्ट्रमन्त्री साउद कार्तिकमा १९ गते स्वेदश फर्किने छन्। 

कात्तिक १०, २०८० शुक्रबार १८:१४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।