राष्ट्रिय सभाको बैठक कार्तिक १४ मा बस्ने

राष्ट्रिय सभाको बैठक कार्तिक १४ मा बस्ने
फाइल फोटो

काठमाडौं : राष्ट्रिय सभाको बैठक कार्तिक  १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ। 

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालद्वारा शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ। 

यसअघि गत असोज २९ गते सूचना प्रकाशित गरी राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो।

कात्तिक १०, २०८० शुक्रबार १८:०४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।