त्रि-देशीय टी-२० आई क्रिकेट सिरिजको उपाधि युएईलाई
काठमाडौं : त्रि-देशीय टी-२० आई क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ। युएईले नेपाललाई चार विकेटले हराएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजारभन्दा बढी नेपाली समर्थकका माझ १६३ रनको लक्ष्य पछ्याएको युएईले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।
उसका लागि मोहम्मद वसीमले ४५, भ्रित्य अरिविन्दले २६, आर्यन्स शर्माले २५, अलिशान सराफूले १३ रन बनाए।
बसील हमीद र आायन अफ्जल खान क्रमशः २२ र ५ रन बनाएर अविजित रहे।
नेपालका गुल्सन झा र अबिनाश बोहराले समान दुई-दुई विकेट लिँदा कुशल मल्लले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनायो।
नेपालका कुशल भूर्तेलले ५० रनको अर्धशतकीय पारी खेले।
यस्तै, दीपेन्द्रसिंह ऐरी २०, रोहित पौडेल १८, सोमपाल कामी १३, सन्दीप जोरा १० रन बनाएर आउट हुँदा करण केसी अविजित रहँदै २३ रनको अर्धशतकीय पारी खेले।
आशिफ शेख, कुशल मल्ल र सन्दीप जोराले दोहोरो अंकमा रन जोड्न सकेनन् भने अबिनाश बोहरा शून्य रनमा नटआउट रहे।
युएईका आयान अफ्जल खानले तीन, अली नसीर र जहुर खानले समान दुई-दुई विकेट लिँदा जुनैद सिद्दीकीले एक विकेट लिए।
कात्तिक १०, २०८० शुक्रबार १४:५२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।