युएईका ओपनर आर्यन्स कुशलको बलमा आउट

युएईका ओपनर आर्यन्स कुशलको बलमा आउट

काठमाडौं : त्रि-देशीय टी-२० आई क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले युएईको दोस्रो विकेट गएको छ।

दशौं ओभरको तेस्रो बलमा कुशल मल्लले युएईका ओपनर आर्यन्स शर्मालाई सन्दीप जोराको हातबाट क्याचआउट गराए।

यसअघि कप्तान मोहम्मद वसीमलाई गुल्सनकुमार झाले बोल्डआउट गरेका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनायो।

नेपालका कुशल भूर्तेलले ५० रनको अर्धशतकीय पारी खेले।

यस्तै, दीपेन्द्रसिंह ऐरी २०, रोहित पौडेल १८, सोमपाल कामी १३, सन्दीप जोरा १० रन बनाएर आउट हुँदा करण केसी अविजित रहँदै २३ रनको अर्धशतकीय पारी खेले।

आशिफ शेख, कुशल मल्ल र सन्दीप जोराले दोहोरो अंकमा रन जोड्न सकेनन् भने अबिनाश बोहरा शून्य रनमा नटआउट रहे।

युएईका आयान अफ्जल खानले तीन, अली नसीर र जहुर खानले समान दुई-दुई विकेट लिँदा जुनैद सिद्दीकीले एक विकेट लिए।

कात्तिक १०, २०८० शुक्रबार १३:५६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।