युएईको पहिलो विकेट पतन
काठमाडौं : त्रि-देशीय टी-२० आई क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले युएईको पहिलो विकेट लिएको छ।
सातौं ओभरको चौथो बलमा गुल्सनकुमार झाले युएईका कप्तान मोहम्मल वसीमलाई बोल्डआउट गरेका हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनायो।
नेपालका कुशल भूर्तेलले ५० रनको अर्धशतकीय पारी खेले।
यस्तै, दीपेन्द्रसिंह ऐरी २०, रोहित पौडेल १८, सोमपाल कामी १३, सन्दीप जोरा १० रन बनाएर आउट हुँदा करण केसी अविजित रहँदै २३ रनको अर्धशतकीय पारी खेले।
आशिफ शेख, कुशल मल्ल र सन्दीप जोराले दोहोरो अंकमा रन जोड्न सकेनन् भने अबिनाश बोहरा शून्य रनमा नटआउट रहे।
युएईका आयान अफ्जल खानले तीन, अली नसीर र जहुर खानले समान दुई-दुई विकेट लिँदा जुनैद सिद्दीकीले एक विकेट लिए।
कात्तिक १०, २०८० शुक्रबार १३:४४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।