इजरायली ट्याङ्क मध्य गाजामा प्रवेश, लडाकु विमान प्रयोग

इजरायली ट्याङ्क मध्य गाजामा प्रवेश, लडाकु विमान प्रयोग

एजेन्सी : इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले पछिल्लो २४ घण्टामा इजरायली सेनाले गाजाको मध्य क्षेत्रमा रहेको हमासका दर्जनौं स्थानमा ‘लक्षित हमला’ गरेको जनाएको छ।

इजरायली सेनाको एक बयानमा मध्य गाजाको शुजैया क्षेत्रमा भूमि सेना, लडाकू जेट र ड्रोन पनि प्रयोग गरिएको उल्लेख गरेको छ।

आईडीएफले एन्टिट्याङ्क मिसाइल प्रक्षेपण स्थल, सैन्य कमाण्ड-कन्ट्रोल सेन्टर र हमास लडाकुहरूलाई निशाना बनाएको थियो।

कारबाहीपछि इजरायली सेना सो क्षेत्रबाट निस्किएको र इजरायली सैनिकलाई कुनै चोटपटक नलागेको पनि बताइएको छ।

कात्तिक १०, २०८० शुक्रबार १३:४०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।