नेपालको सातौं विकेट पतन, गुल्सन झा पनि आउट

नेपालको सातौं विकेट पतन, गुल्सन झा पनि आउट
फाइल तस्बिर

काठमाडौं : त्रि-देशीय टी-२० आई क्रिकेट सिरिजको फाइनलमा नेपालको सातौं विकेट झरेको छ।

सत्रौं ओभरको पहिलो बलमा गुल्सनकुमार झा ८ बलमा ५ रन बनाएर आउट भए। उनी जुदैद सिद्दीकीकाे बलमा मोहम्मद वसीमबाट क्याचआउट भए।

अहिले सोमपाल कामी र करण केसी क्रिजमा छन्।

युएईविरुद्ध नेपालबाट कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशीले खेल्नेछन्।

नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।

उता युएई भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटको आधारमा फाइनल पुगेको हो। दुवै टोलीको समान २ अंक थियो।

उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ। युएई नेपाललाई फाइनलमा हराएर हारको बदला लिने सोचमा हुनेछ।

कात्तिक १०, २०८० शुक्रबार १२:३९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।