नेपालको पहिलो विकेट झर्‍यो

नेपालको पहिलो विकेट झर्‍यो

काठमाडौं : त्रि-देशीय टी-२० क्रिकेट सिरिजको फाइनल खेलमा युएईविरुद्ध नेपालको पहिलो विकेट झरेको छ।

पाँचौं ओभरको अन्तिम बलमा नेपालका आशिफ शेख १२ बलमा ७ रन बनाएर आउट भए। उनी आयान अफ्जल खानको बलमा बोल्ड भएका हुन्।

तेस्रो नम्बरमा ब्याटिङ गर्न नेपालका लागि कुशल मल्ल आएका छन्। यसअघि तेस्रो नम्बरमा सोमपाल कामी आउने गरेका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ।

युएईविरुद्ध नेपालबाट कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशीले खेल्नेछन्।

नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।

उता युएई भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटको आधारमा फाइनल पुगेको हो। दुवै टोलीको समान २ अंक थियो।

उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ। युएई नेपाललाई फाइनलमा हराएर हारको बदला लिने सोचमा हुनेछ।

कात्तिक १०, २०८० शुक्रबार ११:२९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।