भूर्तेलले चौका हान्दा ब्याट भाँचिएपछि...

भूर्तेलले चौका हान्दा ब्याट भाँचिएपछि...

काठमाडौं : त्रि-देशीय टी-२० क्रिकेट सिरिजको फाइनल खेलमा युएईविरुद्ध ब्याटिङ गरिरहेका कुशल भूर्तेलले चौका प्रहार गर्दा ब्याट भाँचिएको छ।

तेस्रो ओभरको पहिलो बल प्रहार गर्दा उनको ब्याट भाँचिएको हो। त्यसपछि उनले नयाँ ब्याट मगाएर ब्याटिङ गरिरहेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ। कुशल भूर्तेल र आशिफ शेख ब्याटिङमा छन्।

युएईविरुद्ध नेपालबाट कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशीले खेल्नेछन्।

नेपालले लिगमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुवै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।

उता युएई भने अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भए पनि नेट रनरेटको आधारमा फाइनल पुगेको हो। दुवै टोलीको समान २ अंक थियो।

उच्च लयमा रहेको घरेलु टोली नेपाल युएईमाथि ह्याट्रिक जितका साथ अपराजित रहँदै उपाधि जित्न चाहन्छ। युएई नेपाललाई फाइनलमा हराएर हारको बदला लिने सोचमा हुनेछ।

कात्तिक १०, २०८० शुक्रबार ११:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।