युएईविरुद्ध नेपालले टस हार्‍यो

युएईविरुद्ध नेपालले टस हार्‍यो
फाइल तस्बिर

काठमाडौं : त्रि-देशीय टी-२० क्रिकेट सिरिजको फाइनल खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वसीमलेले टस जितेर बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ पाएको हो।

खेल विहान ११ बजेबाट सुरू हुनेछ। यी दुई टीमले खेलेका पछिल्ला पाँच टी-२० खेलमा नेपालले तीन वटा र युएईले दुई वटा खेल जितेका छन्।

जारी सिरिजको समूह चरणको दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो। तेस्रोपटक पनि पराजित गर्दै उपाधि जित्ने नेपालको लक्ष्य रहेनछ।

पछिल्लो सयम शानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेल यता अपराजित छ।

यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा छ।

नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गर्दा युएईले नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै नेपालसँगको भेट पक्का गरेको हो।

आईसीसी टी-२० विश्वकप छनोटअघि नेपाल र यूएईको यो अन्तिम खेल हो।

३० अक्टोबरबाट नेपालमै विश्वकपको एसिया छनोट हुँदैछ। आठ टोली सम्मिलित प्रतियोगिताको शीर्ष दुई टीमले विश्वकपमा स्थान बनाउनेछन्।

कात्तिक १०, २०८० शुक्रबार १०:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।