भारतको मणिपुरमा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध ३१ अक्टोबरसम्म लम्बियो

भारतको मणिपुरमा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध ३१ अक्टोबरसम्म लम्बियो

एजेन्सी : भारतको मणिपुर सरकारले राज्यमा मोबाइल इन्टरनेटमाथिको प्रतिबन्ध अक्टोबर ३१ सम्म लम्ब्याएको छ।

यो कदम मुख्यमन्त्री एन वीरेन सिंहको बयानपछि आएको हो, जसमा उनले सरकारले केही दिनमा प्रतिबन्ध फिर्ता लिने बताएका थिए।

एक सरकारी सूचना अनुसार, ‘केही असामाजिक तत्वहरूले सामाजिक सञ्जाललाई व्यापक रूपमा छविहरू, घृणायुक्त भाषणहरू र जनभावना भड्काउने भिडियोहरू फैलाउन व्यापक रूपमा प्रयोग गर्न सक्ने आशंकाका कारण प्रतिबन्ध लम्बाइएको हो।’

मणिपुरमा मे ४ देखि लगातार हिंसा भइरहेको छ। राज्यमा बसोबास गर्ने कुकी र मेइती समुदायबीच पाँच महिनादेखि चलेको हिंसाका बीच इन्टरनेट सेवा ठप्प छ।

बीचमा केही दिन इन्टरनेट सेवा सुचारू भए पनि पुन: हिंसा चर्किएपछि प्रदेश सरकारले फेरि इन्टरनेट सेवा बन्द गरेको छ।

कात्तिक १०, २०८० शुक्रबार ०९:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।