भारतका आठ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय

भारतका आठ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय

काठमाडौं : कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको छ।

भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरूलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको छ।

फाँसीको सजाय सुनाइएका आठ भारतीय नागरिकहरू भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरू हुन्।

उनीहरू कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए। उनीहरूमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ।

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको हामीलाई जानकारी छ। हामी फाँसी दिने फैसलाबाट सतब्ध छौँ र विस्तृत फैसला कुरिरहेका छौँ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी उनीहरूका परिवारका सदस्यहरू र कानूनी टिमसँग सम्पर्कमा छौँ। हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौँ र यो कुरालाई कतारको प्रशासनसमक्ष राख्नेछौँ।’

भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ।

कात्तिक १०, २०८० शुक्रबार ०९:०४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।