सकियो दशैं बिदा, टीका लगाउने क्रम भने अझै जारी

सकियो दशैं बिदा, टीका लगाउने क्रम भने अझै जारी

काठमाडौं : बडादशैंको बिदा आजबाट सकिएको छ। बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालय खुल्दैछन्।

सरकारले कात्तिक ४ गते फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो। तर केही विद्यालयहरूले भने शुक्रबार समेत बिदा दिएर आइतबारबाट खाेल्ने गरी व्यवस्था मिलाएका छन्।

आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन्। 

यद्यपि काठमाडौं उपत्यका भित्रने क्रम भने टीकाको भाेलिपल्टबाटै बढेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बिदा सकिए पनि दशैंको टीका भने कोजाग्रत पूर्णिमाकाे दिनसम्म लगाइन्छ। 

यद्यपि देशका केही पश्चिमी जिल्लामा भने दशैंको टीकाकाे दिन मात्र टीका लगाउने प्रचलन छ।

कात्तिक १०, २०८० शुक्रबार ०७:१२:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।