माओवादी केन्द्र कमजोर भए गणतन्त्र उल्टिने प्रचण्डको दाबी, नेतृत्वको कलाले सरकारको नेतृत्व पाएको तर्क

माओवादी केन्द्र कमजोर भए गणतन्त्र उल्टिने प्रचण्डको दाबी, नेतृत्वको कलाले सरकारको नेतृत्व पाएको तर्क

रुकुम पश्चिम : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कमजोर भए गणतन्त्र उल्टिने दाबी गरेका छन्।

 पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा पश्चिम रुकुमको बाफिकोट पुगेका उनले अब पार्टी शक्तिशाली बन्ने दाबी समेत गरे।

उनले पार्टी नेतृत्वको सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरिरहेकाले माओवादी केन्द्र फेरि शक्तिशाली पार्टी बन्ने तर्क गरेका हुन्।

उनले केही निराशाजस्तो देखिएकाले विरोधी र प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन खोजेको र त्यसलाई चिर्न पार्टीभित्र र सरकारको मोर्चाबाट सँगसँगै काम गरिरहेको उनले बताए। उनले माओवादी कमजोर भए गणतन्त्र नै उल्टन सक्ने दाबी समेत गरेका थिए।

'हामीले तरिका मिलाएर सरकारको नेतृत्व गर्यौँ। यो त्यत्तिकै भएको होइन। यहाँ पार्टीको कलात्मक नेतृत्वले काम गरेको छ। एक पटक हामी १००% मत प्राप्त गर्यौँ। यो न हिजो थियो, न भविष्यमा होलाजस्तो खाले छ' प्रधानमन्त्रीले भने, 'मिटर ब्याज पीडित किसानहरूको समस्या समाधान गरेका छौँ। यसले मधेसमा माओवादीप्रति राम्रो आधार बनेको छ।'

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले राम्रो पहल गरेको र भ्रष्टाचारविरुद्ध सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उनले बताए।

कात्तिक ९, २०८० बिहीबार २१:५०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।