मंगलबार १२ फागुन, २०८२
वधशाला लैजाँदै गरेको एक हजार बिरालो फेला पार्यो प्रहरीले
एजेन्सी : खसी र सुँगुरको मासु भन्दै चीनमा बिरालोको मासु बिक्री हुने गरेको खुलेको छ। चीनको प्रहरीले मासु काट्ने कारखानामा जाँदै गरेको ट्रक नियन्त्रणमा लिँदा एक हजार वटा बिरालो फेला पारेको हो।
ती बिरालोहरू मासुका लागि वधशालामा काट्न लगिँदै थियो। फेला परेका बिरालोहरू घरपालुवा हुन् या उनीहरूलाई मासुकै लागि हुर्काइएको हो सो भने खुलेको छैन।
चिनिया सामाजिक सञ्जालमा अहिले सो घटना भाइरल भइरहेका छन्। अधिकांशले बिरालोको मासु विक्री गर्नेलाई कडा सजायको माग गरिरहेका छन्।
कात्तिक ९, २०८० बिहीबार २०:१९:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।