राजसंस्थाप्रति आकर्षण बढेको लिङदेनको दाबी

राजसंस्थाप्रति आकर्षण बढेको लिङदेनको दाबी

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन्।

लिङ्देनले पछिल्लो समय राजसंस्था पुनर्स्थापनाको लागि जनताको आवाज प्रखर रूपमा देखिँदै गएको दाबी गर्दै सङ्घीयताप्रति समेत नागरिकमा वितृष्णा बढ्दै गएको तर्क गरे।

'राजसंस्थाप्रति जनताको जुन प्रकारले आकर्षण बढ्दै गएको छ त्यसलाई अब संस्थागत स्वरूप दिने काममा राप्रपाले ढिलाइ गर्दैन’ उनले भने।

बिहीबार साँझ पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को तेस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न अमेरिका जानु अगाडि विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले अतिवादको विपक्षमा आफ्नो पार्टीलाई उभ्याएको र शान्तिपूर्ण रूपमा आफ्ना मूल एजेन्डालाई स्थापित गर्ने प्रतिक्रिया दिएका थिए।

संविधान जारी भएपछि संविधानको विरुद्ध विद्रोह गरेर जाने वा यही संविधानसँग सहकार्य गरेर जाने भन्ने विकल्पमा शान्तिपूर्ण बाटोबाटै आफ्नो एजेन्डा स्थापित गर्ने बाटोमा अगाडि बढेको भन्दै उनले हामी निर्वाचन र शान्तिपूर्ण जनदबाब सिर्जना गरेर आफ्नो मान्यताहरू स्थापित गर्ने बताए।

उनले आफ्नो पार्टी सैद्धान्तिक र व्यवहारिक रूपमै हिंसात्मक गतिविधिको विपक्षमा रहेको उल्लेख गरेका थिए। 

कात्तिक ९, २०८० बिहीबार १९:२४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।