कतारका राजा शेख तामिम नेपाल भ्रमणमा आउँदै

कतारका राजा शेख तामिम नेपाल भ्रमणमा आउँदै

काठमाडौँ : कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल भ्रमणमा आउने तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन्।

पश्चिम रुकुम पुगेका उनले पार्टीको कार्यक्रममा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्। उनले कार्यक्रममा भने 'कतारका राजा पनि नेपाल आउँदै हुनुहुन्छ। हामीले वैदेशिक लगानीलाई व्यवस्थित गर्न उहाँलाई निमन्त्रणा गरेका छौँ।'

उनले कतार उदीयमान मुलुक रहेको र नेपालमा लगानी गर्न इच्छुक समेत रहेको भन्दै त्यसका लागि सरकारले सकारात्मक पहल गरेको बताए।

सोही कार्यक्रममा उनले संयुक्त राष्ट्र सङ्घको महासभामा जाँदा राष्ट्र सङ्घका महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएको र जलवायु परिवर्तनले नेपाललाई पारेको नकारात्मक प्रभाव आफ्नै आँखाले हेरिदिनुस् आग्रह गरेको बताए।

'मेरो निम्तो स्विकारेर उहाँ नेपाल आउँदै हुनुहुन्छ। यसले विश्वको ध्यान नेपालमा खिच्नेछ। यो नेपालका लागि महत्त्वपूर्ण अवसर हो' उनले भने।

कात्तिक ९, २०८० बिहीबार १६:१८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।