भ्रष्टाचारका अन्य फाइल खोल्ने प्रधानमन्त्री दाहालको दाबी, प्रचण्डपथ छाड्नु गल्ती भएको तर्क

भ्रष्टाचारका अन्य फाइल खोल्ने प्रधानमन्त्री दाहालको दाबी, प्रचण्डपथ छाड्नु गल्ती भएको तर्क

रुकुम पश्चिम : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा रहेको सरकारले भ्रष्टाचार सम्बन्धी अन्य फाइलहरू समेत खोल्ने तयारी गरिरहेको दाबी गरेका छन्।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा आयोजित माओवादी केन्द्रको कार्यक्रममा बोल्दै उनले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अभियान नरोकिने र पनि थुप्रै विषयका फाइल समेत खोलेर कारबाही गर्ने दाबी गरे। उनी माओवादी केन्द्रका अध्यक्ष समेत हुन्।

उनले सोही कार्यक्रममा वर्तमान सत्ता गठबन्धन तोड्न षडयन्त्र भइरहे पनि गठबन्धन पाँच वर्ष टिक्ने दाबी समेत गरेका थिए। कार्यक्रममा उनले गठबन्धन टुटाउन कसले षड्यन्त्र गरिरहेको हो त्यो भने खुलाएनन्। केवल सरकार र गठबन्धन पाँच वर्ष टिक्ने दाबी मात्र गरे।

आफूले प्रचण्डपथ त्याग्दा माओवादीमा विभाजन आएको स्विकार्दै उनले अब माओवादीभित्र व्यापक विचारको बहस गर्ने दाबी समेत गरेका थिए।

कात्तिक ९, २०८० बिहीबार १६:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।