नेतन्याहुले भने- ‘हामी जमिन आक्रमणको तयारीमा छौँ’

नेतन्याहुले भने- ‘हामी जमिन आक्रमणको तयारीमा छौँ’

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले गाजामा जमिन आक्रमणको तयारी गरिरहेको बताएका छन्।

यद्यपि यो कहिले हुने भन्नेबारे उनले कुनै जानकारी दिएका छैनन्। उनले छलफलपछि यसको टुङ्गो लगाउने बताएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलका प्रधानमन्त्री नेतन्याहुले जमिन आक्रमण कहिले गर्ने भन्ने निर्णय सरकारको विशेष युद्ध मन्त्रिपरिषद्ले गर्ने बताएका हुन्।

‘हामीले हजारौं आतंककारीलाई मारेका छौँ र यो सुरुवात मात्र हो। एकै समयमा, हामी जमिन आक्रमणको तयारी गरिरहेका छौँ, म कहिले, कसरी वा कति आक्रमणहरू हुनेछन् भन्ने बारे विस्तृतमा जानेछैन,’ उनले भने, ‘हामीले गरिरहेका योजनाहरूबारे पनि म विस्तृतमा बताउँदिन।’

यससँगै उनले उत्तरी गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई पुन: दक्षिणतर्फ जान आग्रह गरेका छन्।

कात्तिक ९, २०८० बिहीबार ०९:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।