मकवानपुरमा स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मकवानपुरमा स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

काठमाडौं : मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। उनका श्रीमान् घाइते भएका छन्।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२-०२७-प ४८४२ नम्बरको स्कुटर बुधबार  दुर्घटना भएको हो जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिए।

उनका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका-२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डेको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

उनकी श्रीमती ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७ः३० बजे मृत्यु भएको डीएसपी भण्डारीले बताए।

काठमाडौंबाट हेटौंडा जाने क्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भएर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।

कात्तिक ९, २०८० बिहीबार ०७:४२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।