च्याम्पियन्स लिगमा सम्पन्न सात खेलमा गएराति सिटी, पीएसजी, बार्सिलोना लगायतका टोली विजयी

च्याम्पियन्स लिगमा सम्पन्न सात खेलमा गएराति सिटी, पीएसजी, बार्सिलोना लगायतका टोली विजयी

काठमाडौं :  च्याम्पियन्स लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले योङ बोइजलाई ३-१ को शानदार जित निकालेको छ। 

योङ बोइजको मैदान वाङ्कडोर्फ स्टेडियममा भएको खेलमा सिटी उसकै मैदानमा हरायो।

सिटीको जितमा आकान्जी, हालान्ड र पेनले गोल गरे बोइजका इलाले एक गोल फर्काए। जीतपछि सिटी ९ अंकका साथ समूह जीको शीर्ष स्थानमा छ।

यही समूहको अर्को खेलमा आरबी लाइपजिगसँग रेडस्टार बेलग्रेड ३-१ ले पराजित भयो।

शनिबार नै भएको समूह एफको खेलमा पीएसजीले एसी मिलानलाई ३-० ले हरायो। पीएसजीको जितमा एमबाप्पे,कोलो मुनी र लि काङले गोल गरे। जित सँगै पीएसजी ६ अंकका साथ समूह तालिकाको शीर्ष स्थानमा छ।

गएराति यही समूहको अर्को खेलमा बुर्नोसिया डटमन्डले न्यूक्यासललाई १-० ले हरायो।

यस्तै समूह एचको खेलमा बार्सिलोनाले शक्तर डोनत्स्कलाई २-१ गोलले हरायो। जितसँगै बार्सा समूह एचमा अपराजित छ।

गएराति नै भएको खेलमा एथ्लेटिको मड्रिड सेल्टिकसँग २-२ को बराबरीमा रोकियो। एफसी पोर्टोले रोयल एन्टवार्पलाई ४-१ ले हरायो।

कात्तिक ९, २०८० बिहीबार ०७:२३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।