विश्वकप क्रिकेट : म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाद्वारा नेदरल्यान्ड्स सामु ४०० रनको विशाल लक्ष्य प्रस्तुत

विश्वकप क्रिकेट : म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाद्वारा नेदरल्यान्ड्स सामु ४०० रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडौं : ग्लेन म्यासवेलको विस्फोटक ब्याटिङ तथा डेभिड वार्नरको शानदार शतकको मद्दतले अस्ट्रेलियाले नेदरल्यान्ड्स सामु ४ सय रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ९९ रन बनाएको हो।

म्याक्सवेलले मात्र ४० बलमा आफ्नो शतक पुरा गरेका थिए । विश्वकपको इतिहासमा यो सबैभन्दा चाँडो शतक हो। 

यसअघि यही विश्वकपमा एइडन मारक्रमले श्रीलंकाविरुद्ध ४९ बलमा शतक बनाउँदै कीर्तिमान बनाएका थिए।

म्याक्सवेलले ४४ बलमा १०६ रन बनाएर अन्तिम ओभरमा आउट भए  उनले यसक्रममा ९ चौका र ८ छक्का हिर्काए।
वार्नर, स्मिथ, मार्नस लाम्बुसेनले कमशः १०४,७१ र ६२ रन बनाए। 

न्युजिल्याण्डका लागि लोगन भान विकले ४ तथा बास डी लिडेले २ विकेट लिए।

कात्तिक ८, २०८० बुधबार १८:३६:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।