उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फिर्ता
फाइल फोटो

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्केका छन्। 

बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)मा सहभागी हुन उनी चीन गएका थिए। 

यही अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजित बीआरएफ)मा सहभागी भएपछि उपप्रधानमन्त्री श्रेष्ठलाइ एक्कासी हृदयाघात भएको थियो।

उनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा पाँच दिनसम्म उपचार भएको थियो।

उनलाई अस्पतालले मंगलबार डिस्चार्ज गरेपछि वुधबार बिहान स्वदेश फर्किएका हुन।  

कात्तिक ८, २०८० बुधबार १२:४०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।